Comments Add Comment

नेकपा सचिवालय बैठक आज बस्दै

२४ चैत, काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले म‌ंगलबार अपराह्न ४ बजे पार्टी सचिवालय बैठक डाकिएको जानकारी दिए ।

बैठकमा कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा उपचारमा सरकारले गरिरहेको काम, राहत तथा स्वास्थ्य सामग्री खरिदमा देखिएको विवादलगायतका विषयमा छलफल हुने नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए ।

स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिपछि यतिबेला नेकपाभित्र असन्तुष्टि छ ।

कोरोना उपचार तथा रोकथाममा कमीकमजोरी भएका समाचार प्रकाशमा आएपछि नेकपा नेताहरुले सचिवालय बैठक आह्वानका लागि आग्रह गर्दै आएका थिए । यसबारे प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कुराकानी पनि भएको थियो । तर, बैठक बोलाइएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment