+
+
Shares

कक्षा ११ र १२ को परीक्षा स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २५ गते १३:१७

२५ चैत, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ ।

कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका थियो ।

तर, कोरोना संक्रमणको जोखिमका कारण यी दुवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

११ र १२ को परीक्षाका लागि प्रश्नपत्र छापिइसकेको थियो, तर ढुवानी गरेर जिल्लामा पुर्याउन बाँकी थियो

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बोर्डको मंगलबार बसेको बैठकले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगन गर्ने निर्णय गरेको जानकारी दिए ।

परीक्षाको नयाँ तालिका अवस्थामा सुधार भएलगत्तै सार्वजनिक गर्ने बोर्डद्वारा जारी सूचनामा उल्लेख छ । बोर्डले परीक्षा स्थगित गरिएको जानकारी दिँदै प्रदेश परीक्षा व्यवस्थापन कार्यालय तथा शाखा कार्यालयहरुलाई सोहीअनुसार गर्न निर्देश गरेको छ ।

परीक्षामा कक्षा ११ र १२ का कूल नौ लाख ६२ हजार विद्यार्थी सहभागी हुने भएका थिए । बोर्डले देशभर एक हजार १४७ परीक्षा केन्द्र निर्धारण गरेको थियो ।

बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि प्रश्नपत्र छापिसकेको थियो, तर ढुवानी गरेर जिल्ला–जिल्लामा पुर्याउन भने बाँकी थियो ।

यसअघि सरकारले कोरोनाको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई)पनि स्थगित गरेको थियो । अन्तिम समयमा परीक्षा स्थगित गरिएको भन्दै कतिपयले सरकारको आलोचना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?