
२५ चैत, वीरगञ्ज । भारत सरकारले सिटामोल बाहेकका २४ प्रकारका औषधि र त्यसको कच्चा पदार्थको निर्यात फुकुवा गरेको छ । विदेश व्यापार महानिर्देशनालयले सोमबार एक सूचना जारी गर्दै २४ प्रकारका औषधि र तिनको कच्चापदार्थ निर्यातमा प्रतिबन्ध फुकुवा गरेको हो ।
विदेश व्यापार महानिर्देशनालयले सूचना जारी गर्दै टिनिडाजोल, मेट्रोनिडाजोल, भिटामिन बि १, भिटामीन बी ६, भिटामिन बि-१२, ओरनिडाजोल, नियोमाइसिन, क्लोरामफेनिकल, इरिथ्रोमाइसिनलगायत २४ वटा औषधिहरुको निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा गरिएको जानकारी दिएको हो ।
औषधि र यसका कच्चा पदार्थ निर्यात गर्ने भारत सरकारको निर्णय मन्त्रालयले नोटिसमा आएको वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले जानकारी दिए । भारतको निर्णय भन्सारको जानकारीमा आएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताए ।
पारासिटामोल बाहेक अन्य औषधि निर्यातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको जानकारी आफूले पाएको नेपाल औषधि उत्पादक संघका कोषाध्यक्ष एवम् मारुती फर्मास्युटिकलका प्रबन्ध निर्देशक प्रभात रुगंटाले बताए ।
पारासिटामोल र उक्त समूहमा पर्ने दुई प्रकारका औषधिको प्रतिबन्ध कायम राख्दै सोमबार यस्तो निर्णय भएको समाचार संस्था बुल्मबर्गले जनाएको छ ।
कोरोना संक्रमणको जोखिमलाईए मध्यनजर गर्दै भारतले गत मार्च ३ मा विभिन्न २६ किसिमका औषधि र त्यसको कच्चा पदार्थको निर्यातमा रोक लगाउने निर्णय गरेको थियो ।
भारतले प्रतिबन्ध फुकुवा गरेको औषधिहरुको सूची
प्रतिक्रिया 4