Comments Add Comment

जनकपुरमा सिटामोल किन्ने बहानामा लकडाउन उल्लङ्घन, दुई दर्जन पक्राउ

२५ चैत, जनकपुरधाम । लकडाउन लम्बिँदै जाँदा जनकपुरमा बाहिर निस्कनको लागि बहानाबाजी गर्नेहरुलाई प्रहरीले कारबाही सुरु गरेको छ। बाहिर निस्कनको लागि विभिन्न बहाना बनाउनेहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

मंगलबार धनुषा प्रहरीले यस्तै युवाहरुलाई पक्राउ गरेको छ । मोटरसाइकलमा यात्रा गर्ने र प्रहरीले समाउँदा एकाध सिटामोल देखाएर औषधि किन्न गएको बहाना बनाउने युवाहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी रामेश्वर कार्कीले झण्डै दुई दर्जन बढी युवाहरुलाई बहानाबाजी गरेर लकडाउन उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको जानकारी दिए ।

मंगलबार मात्रै प्रहरीले ६९ वटा मोटरसाइकल नियन्त्रणमा लिएको कार्कीले जानकारी दिए । लकडाउन सुरु भएदेखि हालसम्म यसको उल्लङ्घन गर्ने एक सय ४९ जना मानिस र छ सय तीन वटा सवारीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको जिप्रका धनुषाले जनाएको छ । छ सय तीन सवारीसाधनमा मोटरसाइकल सर्वाधिक रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार लकडाउन उल्लङ्घन गर्ने हालसम्म चार सय सय ७९ वटा मोटरसाइकल, एक सय १० वटा चार चक्के सवारी र १५ वटा इ–रिक्सालाई नियन्त्रणमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment