
२६ चैत्र कैलाली । कैलालीमा कोरोना (कोभिड-१९) संक्रमित व्यक्ति भेटिएको भन्दै फेसबुकमा गलत स्टाटस लेख्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको भन्दै प्रहरीले टीकापुर नगरपालिका-२ बस्ने पवनकुमार भट्टराईलाई नियन्त्रणमा लिएको हो ।
उनले आफ्नो फेसबुकमा टीकापुर नगरपालिका-१ को ब्लक नम्बर १० मा संक्रमित भेटिएको भन्दै स्टास लेखेको थिए ।
कोरोनाको त्रास फैलिरहेको बेला यस्ता खबरले नागरिक त्रसित हुने भन्दै उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए ।
प्रहरीले पक्राउ परेका व्यक्तिले आफूले संक्रमित भेटिएको भन्ने सुनेको र त्यही बुझ्नको लागि स्टाटर राखेको प्रहरी समक्ष बयान दिएका थिए ।
उनीमाथि आवश्यक कारबाही हुने प्रहरी प्रवक्ता बस्नेतले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4