Comments Add Comment

कस्तो रह्यो वर्षाको ४ वर्षे फिल्म यात्रा ?

नायिका वर्षा राउत चलचित्र ‘नाई नभन्नु ल ४’बाट यो क्षेत्रमा भित्रिएकी हुन् । यो चलचित्र निर्माण भएको ४ वर्ष पुरा भएको छ । योसँगै वर्षाले चलचित्र क्षेत्रमा पाइला राखेको पनि ४ वर्ष पुरा भएको छ ।

चलचित्र क्षेत्रमा ४ वर्ष बिताएको क्षणलाई सम्झिदै गर्दा नायिका राउत उत्साहित देखिइन् । सामाजिक संजालमा स्टाटस कोर्दै उनले यो क्षणमा माया गर्ने दर्शक, चलचित्रकर्मीलाई धन्यवाद दिएकी छिन् ।

वर्षाले एउटा नयाँ परिवार पाएकोमा आफूलाई सौभाग्यशाली महसुश गरेको पनि बताएकी छिन् । उनले, दर्शकले रुचाएको पात्रलाई सधै नै न्याय गर्ने र आलोचना पनि स्विकार गर्ने उल्लेख गरेकी छिन् ।

नायिका राउतको ४ वर्षे चलचित्र यात्रा सुखद मान्न सकिन्छ । यो यात्राको दौरानमा उनले ‘जात्रा, जात्रै जात्रा’ जस्ता पात्र चित्रित चलचित्रमा काम गरेकी छिन् ।

‘छक्का पन्जा’ र ‘छक्का पन्जा २’ जस्तो कमर्सियल चलचित्रको नायिका पनि उनी भइसकेकी छिन् । विकासराज आचार्य, रामबाबु गुरुङ, दीपकराज गिरीदेखि प्रदिप भट्टराइसम्मका चर्चित चलचित्रकर्मीको चलचित्रमा उनले काम गर्ने मौका पाएकी छिन् ।

अहिले पनि उनको हातमा ‘२ नम्बरी, के घर के डेरा’ जस्ता चलचित्र छन् भने उनी चलचित्र ‘नाई नभन्नु ल ६’को नायिका बन्ने तयारीमा छिन् ।

तर, वर्षाको नामले नै चलचित्र चल्ने अवस्था अझै पनि बनेको छैन । उनी, कमर्सियल नायिका त बनेकी छिन्, तर वर्षाको अभिनयले अझै दर्शकलाई पूर्ण सन्तुष्टी भने बनाएको छैन । आगामी दिनमा वर्षाले यस्ता चलचित्रमा पनि काम गर्ने अपेक्षा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment