Comments Add Comment

तीन तहको सरकारबीच समन्वय नभएको नगरपालिका संघको गुनासो

२६ चैत, काठमाडौं । नगरपालिका संघले स्वास्थ्य सामग्रीको उपलब्धता, जनशक्ति व्यवस्थापन केन्द्र र प्रदेश सरकारबाट सहयोग नपाएको गुनासो गरेको छ ।

संघले प्रेस विज्ञप्ति जारी गर्दै आवश्यक सबै खाले समन्वयका लागि प्रदेश र केन्द्र सरकारलाई ध्यानाकर्षण गराएको छ ।

नगरपालिकाहरुलाई भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक मात्रामा पीपीईलगायत स्वास्थ्य सामग्रीहरुको अभावमा भएको पनि संघले जनाएको छ ।

पूर्वतयारीमा समस्या हुँदा सामान्य खालको ज्वरो तथा अन्य रोगको समेत उपचारमा समस्या सिर्जना भएकाले संघले जनाएको छ । ‘स्वास्थ्य सामग्री, राहात वितरण, स्रोत व्यवस्थापन र जनशक्ति परिचालनमा तीनै तहका सरकारहरुको सहकार्य र समन्वयको जरुरी छ,’ संघले भनेको छ ।

कोरोना रोकथामका प्रयासहरुमा अप्रत्यासित खर्च बढेको भन्दै संघले विपत् कोषमा आवश्यक स्रोतको व्यवस्थाका लागि आग्रहसमेत गरेको छ ।

तत्तकालको खर्चले नगरसभाबाट पारित भैसकेका योजना र कार्यक्रमहरु प्रभावित भएको भन्दै संघले राजश्व बाँडफाँट अन्तर्गत संघवाट प्राप्त हुन पर्ने ७० प्रतिशतभन्दा बढी स्थानीय तहलाई तत्काल पठाउन आग्रह पनि गरेको छ ।

राष्ट्रिय संकटको घडीमा विकास सझेदार अन्तर्राष्ट्रिय गैरसरकारी संस्थासँगको हातेमालो पनि जरुरी भएको संघको ध्यनाकर्षण पत्रमा उल्ले छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment