+
+

अस्पतालले भर्ना गर्न नमानेपछि बिरामीको ज्यान गयो  

भानुभक्त आचार्य भानुभक्त आचार्य
२०७६ चैत २६ गते १८:४३

२६ चैत, कैलाली । धनगढीमा अस्पतालले भर्ना गर्न नमानेपछि बिरामीको ज्यान गएको छ । कैलालीको  गोदावरी नगरपालिका -२ तेघरीका ७६ वर्षीय जनकलाल भट्टको उपचार नपाएर मृत्यु भएको हो ।

बुधबार साढे ११ बजे धनगढी स्थित माया मेट्रो अस्पताल पुर्‍याइएका भट्टलाई अस्पतालले भर्ना गर्न नमानेपछि केही घण्टा अस्पतालमै अलपत्र परेको उनको आफन्तले आरोप लगाएका छन् ।

‘अंकललाई साढे ११ बजे अस्पतालमा पुगाएँ। भर्ना गर्न मानिएन। केही घण्टा त्यहीँ अलपत्र पर्नु भयो,’ बिरामीका आफन्त हेमराज भट्टले भने ।

मुटुको अप्रेसन गरेका भट्टलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल लगिएको थियो । तर, धनगढीका कुनै पनि अस्पताले भर्ना नलिएको भट्टको गुनासो छ । ‘कुनै अस्पतालले भेन्टिलेटर छैन भने कसैले डाक्टर छैन भने,’ उनले भने , ‘कसैले भर्ना नलिएपछि हामीले घर ल्यायौँ।’

घरमा पुर्‍याएको केही घण्टामै उनको मृत्यु भएको भट्टले बताए ।

माया मेट्रो अस्पतालका अध्यक्ष धीरेन्द्र साउदले भने भेन्टिलेटर खाली नहुँदा भर्ना गर्न नसकिएको प्रतिक्रिया दिए। ‘डाक्टरले एम्बुलेन्समै गएर चेक गर्नुभएको हो। अवस्था चिन्ताजनक भएपछि अन्यत्र लैजान सुझाव दिनुभएको थियो,’ उनले भने  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?