+
+
Shares

अवैतनिक महावाणिज्यदूतहरूलाई नीलो नम्बरप्लेट प्रयोग गर्न रोक

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २६ गते २२:०२
अवैतनिक महावाणिज्यदूतको सुविधा दुरूपयोग गरी कालोबजारीको आरोप लागेका सुलभ अग्रवाल ।

२६ चैत, काठमाडौं । सरकारले अवैतनिक महावाणिज्यदूतहरुको केही सुविधा खोस्ने निर्णय गरेको छ । एक अवैतनिक महावाणिज्यदूतले आफ्नो ओहदाको दुरूपयोग गर्दै गैरकानूनी गतिविधिमा संलग्न रहेको भेटिएलगत्तै सरकारले सो निर्णय लिएको हो ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार, अब विभिन्न देशमा रहेका नेपालका अवैतनिक महावाणिज्य दूतले आफ्नो सवारीमा नीलो नम्बर प्लेट र सम्बन्धित देशको झण्डा* प्रयोग गर्न पाउने छैनन् । यो निर्णय तत्कालै लागू हुने मन्त्रालयले जनाएको छ ।

यसअघि परराष्ट्र मन्त्रालयले महावाणिज्यदूतहरुलाई उनीहरुले जुन देशको प्रतिनिधित्व गर्छन् त्यस देशको झण्डा गाडीमा प्रयोग गर्न अनुमति दिएको थियो ।

महावाणिज्यदूतहरु अवैधानिक गतिविधिमा स‌ंलग्न रहेकाले उनीहरुले पाइरहेको केही सुविधा निलम्बन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

किर्गिस्तानका लागि सरकारका महावाणिज्यदूत रहेका सुलभ अग्रवाल स्वास्थ्य सामग्रीको कालोबजारी गरेको आरोपमा हालै प्रक्राउ परेका थिए ।

* यसअघि अन्यथा भएकाले सच्याइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?