Comments Add Comment

लकडाउनमा बझाङको मेला : ४ वडाध्यक्षसहित ९ जना पक्राउ

बझाङको छविस पाथिभेरा गाउँपालिकामा लागेको मेला । तस्वीर : दिनेश खबर

२६ चैत, बझाङ । लकडाउन उल्लंघन गर्दै बझाङको छबिसपाथिभेरा गाउँपालिकामा मेला आयोजना गर्ने चार जना वडाध्यक्षसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पक्राउ पर्नेमा छबिसपाथिभेरा गाउँपालिका- २ का वडाध्यक्ष  विकास ऐडी, ३ का अध्यक्ष केशवराज जोशी,  ४ का अध्यक्ष अम्मरराज थापा र  ५ का अध्यक्ष तथा गाँउपालिकाका प्रवक्ता लोकेन्द्रबहादुर ठगुन्‍ना रहेका छन्  ।

त्यस्तै बान्‍नी मष्टा मन्दिरका पुजारी  निर्पप्रसाद जोशी र उनका दुई सहयोगी डम्बरबहादुर धामी, पूजारी जयकृष्ण जोशी, स्थानीय इन्द्रबहादुर सिंह र मन्दिर संरक्षण समितिका सचिव राजेन्द्रबहादुर सिंहलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी गणेश बमले जानकारी दिए ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभरका मानिसहरुलाई घर बाहिर ननिस्किन निर्देशन जारी गरे पनि छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ मा मंगलबार भव्य मेला लागेको थियो । सो मेलामा करिब एक हजार जना स्थानीयबासी भेला भएको प्रत्यक्षदर्शी बताउँछन् ।

सो घटना सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले लकडाउन उल्लंघन गर्ने पदाधिकारीहरुलाई पक्राउ गरेर ल्याउन प्रहरीलाई निर्देशन दिएका थिए ।

पक्राउ परेकाहरुको आरोप पुष्टि भएमा अधिकतम ६ सय रुपैयाँ जरिवाना र ६ महिना कैद सजायँ हुने कानुनी व्यवस्था छ । ‘संक्रमण ऐनमा एक सय रुपैयाँ जरिवाना र एक महिना कैद वा ६ सय रुपैयाँ जरिवाना र ६ महिना कैद सजायँ हुने दुई किसिमको व्यवस्था छ । अनुसन्धानपछि कस्तो सजायँ हुने भन्ने निश्चित हुन्छ,’ प्रजिअ पाण्डेले अनलाइनखबरसँग भने ।

यो पनि पढ्नुहोस लकडाउनमा मेला र पिकनिक !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment