+
+
Shares

तीन स्थानीय तहलाई शर्माको ३० लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २७ गते २०:४८

२७ चैत, विराटनगर । मोरङका तीनवटा स्थानीय तहलाई नोबेल मेडिकल कलेजका सञ्चालक डा. सुनील शर्माले तीस लाख ३६ हजार रुपैयाँ सहयोग गरेका छन् । कोरोनाविरुद्ध लड्नका खोलिएको राहत कोषमा जम्मा हुनेगरी उनले ३० लाख ३६ हजार सहयोग गरेका हुन् ।

मोरङको पथरी शनिश्चरे, सुन्दरहरैचा र बेलबारी नगरपालिकालाई रकम हस्तान्त्रण गरेका हुन् । शर्माले बेलबारीका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीलाई ११ लाख ७५ हजार, पथरी शनिश्चरे नगर प्रमुख दिलिपकुमार राईलाई ९ लाख ८६ हजार र सुन्दरहरैंचा नगर प्रमुख शिवप्रसाद ढकाललाई ८ लाख ७५ हजारको चेक हस्तन्तरण गरे ।

डा. शर्माले यो संकटका बेला आफ्नो ठाउँका कोरोना प्रभावित गरिब, दुखीलाई राहत दिन सहयोग गरेको प्रतिक्रिया दिए ।

डा. शर्मा यसअघिको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसको तर्फबाट सो क्षेत्रमा चुनाव लड्दा नेकपाका उम्मेदवार तथा हालका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालसँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?