Comments Add Comment

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार नाघ्यो

एकै दिन १९ सयको मृत्यु

२८ चैत, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १६ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा अहिलेसम्म भाइरसबाट मृत्यु हुनेको संख्या १६ हजार पाँच सय १३ पुगेको हो ।

बिहीबार अमेरिकामा एकैदिन एक हजार नौ सयभन्दा धेरैको मृत्यु भएको छ । यससँगै अमेरिका विश्वभर यो भाइरसको कारण धेरै मानिसको मृत्यु हुने मुलुकको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ । अहिलेसम्म इटालीमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । इटालीमा मृत्यु हुनेको संख्या १८ हजार दुई सय ७९ पुगिसकेको छ ।

अमेरिकामा संक्रमितको संख्या पनि चार लाख ६२ हजार नाघेको छ । अमेरिकामा बिहीबार मात्र ३० हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् । अहिलेसम्म अमेरिकामा २५ हजार चार सयभन्दा धेरै संक्रमित निको भएका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिलेसम्म अमेरिकामा २० लाखभन्दा धेरै मानिसमा कोरोना भाइरसको परीक्षण गरिसकिएको दाबी गरेका छन् । सीएनएनका अनुसार बिहीबार ह्वाइट हाउसमा बोल्दै उनले अमेरिकाको लागि आम समुदायमा कोरोना भाइरस परीक्षणको जरुरी नरहेको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment