+
+
WC Series
पोखरा एभेन्जर्स 2025
37/2 (5.6)
VS
८४ बलमा १२९ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

बालकोटको परेली आयुर्वेद हाउसमा सिलबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २८ गते ९:१९

२८ चैत, काठमाडौं । भक्तपुरको बालकोटमा सञ्चालित परेली आयुर्वेद हाउस सिलबन्दी गरिएको छ । नियमविपरित आयुर्वेद हाउस सञ्चालन गरेकोभन्दै औषधि व्यवस्था विभाग बिजुलीबजार काठमाडौंका फार्मेसी अधिकृत धनबहादुर बोहोरासहितको टोलीले उक्त हाउसमा सिलबन्दी गरेको हो ।

सूर्यविनायक नगरपालिका-३ बालकोटमा सञ्चालित परेली आयुर्वेद हाउसले अनुमति प्राप्त गरेकोभन्दा भिन्न प्रकारका कस्मेटिकजन्य वस्तु उत्पादन गरेको पाइएपछि सिलबन्दी गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

काभ्रेपलाञ्चोकको साविक बाङथली ९ स्थायी घर भएकी ३६ वर्षीया कमला उप्रेती (अर्याल)ले सञ्चालन गरेको आयुर्वेद हाउसको उत्पादन, प्याकिङ लेवलिङ साथै स्टोर गरेको कोठाहरु र मुख्य प्रवेशद्वारमा बिहीबार सिलबन्दी गरिएको उनले बताए ।

उक्त आयुर्वेद हाउसले घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरबाट हर्बलजन्य वस्तु उत्पादन गर्ने अनुमति लिएको भएपनि अनधिकृत रुपमा साबुन, विभिन्न ब्राण्डका क्रिम, कपालमा लगाउने तथा मसाज गर्ने तेल, लोसन लगायतका कस्मेटिक सामानहरुको उत्पादन, प्याकिङ तथा लेवलिङ गरिएको पाइएको उनले बताए । सम्बन्धित विभाग र निकायहरुसँगको समन्वयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?