Comments Add Comment

श्रमिकलाई विशेष राहत प्याकेज ल्याऊ : कांग्रेस

२८ चैत, बुटवल । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दैनिक ज्यालादारीमा निर्भर नागरिकलाई सरकारले तोकेको न्यूनतम ज्याला दरमा कम नहुने गरी तत्काल विशेष राहत प्याकेज घोषणा गर्न माग गरेको छ ।

प्रदेश सभा ५ का विपक्षी दलका कार्यवाहक नेता वीरेन्द्रकुमार कनौडियाले मुख्यमन्त्री शंकर पोखरेललाई पत्र लेखी देशव्यापी लकडाउनका कारण काम गर्न नपाएका श्रमिक वर्ग मारमा परेको भन्दै राहत प्याकेज ल्याई खानाबस्नको उचित व्यवस्थापन गर्न माग गरेका हुन् ।

कांग्रेसले राहत वितरण कार्य प्रदेश सभामा रहेका सबै दलको सहभागितामा सर्वपक्षीय संयन्त्रमार्फत गर्न पनि प्रदेश सरकारसँग माग गरेको छ । राहत वितरण प्रकृयालाई पारदर्शी र प्रभावकारी बनाउन सर्वदलीय र सर्वपक्षीय संयन्त्र बनाउनुपर्ने कांग्रेसको माग छ ।

लकडाउनको मौका छोपी खाद्यपदार्थ र अन्य औषधीको कालोबजारी र मनपरी मूल्य वृद्धि भइरहेकाले त्यसको अनुगमन र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न पनि कांग्रेसले माग गरेको छ । तराईका दक्षिणी भेगका खुला सिमानाबाट हुने आवतजावतलाई पूर्ण बन्द गर्न खटाइएका सुरक्षा कर्मीहरुलाई बायनाकुलर र नाइटभिजन दूरविनको व्यवस्था गर्न पनि कांग्रेसले सरकारसँग माग गरेको छ ।

लकडाउनमा घरभित्र बसेका जनतालाई संक्रमणको कुनै आशंका हुनासाथ घरबाटै सावधानीपुर्वक कोभिड १९ परिक्षण केन्द्रमा पुर्‍याउने ब्यवस्था गर्न र ज्वरोका विरामीर्ला चेकजाँच र भर्ना नगन निजि अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई निर्वाध सेवा सुचारु गराउन पनि कांग्रेसले माग गरेको छ । मुलुकमा उत्पन्न विषम परिस्थितिमा धैर्यताका साथ चुनौतीको सामना गर्न सरकारलाई प्रतिपक्षी दलको साथ र सहयाग रहने पनि कनौडियाले स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment