Comments Add Comment

प्रदेश १ को सीमा क्षेत्रमा थप कडाइ

२८ चैत, विराटनगर । कोरोना संक्रमणको सम्भावित जोखिमलाई न्यूनिकरण गर्न प्रदेश १ प्रवेशमा थप कडाइ गरिने भएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेश २ सँगको सीमा भाण्टाबारीको कोशी पुल र चतराको पुलमा २४ सै घण्टा प्रहरी टोली परिचालन गरिएको छ ।

सुनसरी मोरङ र झापाको सीमावर्ती क्षेत्रमा सतर्कता बढाइएको छ । एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी सुमनकुमार तिम्सिनाका अनुसार खुल्ला सीमानाको फाइदा उठाउँदै नेपाल भित्रिने सम्भावना बढेपछि नाकामा थप टोली परिचालन गरिएको छ ।

झापामा १ सय ३५ मोरङमा ८० र सुनसरीमा १ सय १२ जना प्रहरी जनशक्ति थप गरी सीमा क्षेत्रको निगरानीमा प्रयोग गरिएको उनले बताए । सशत्र प्रहरीले पनि सीमा क्षेत्रमा अस्थायी पोष्ट खडा गरेर निगरानी बढाएको छ । सशत्र प्रहरीले इलाम, झापा, मोरङ र सुनसरीमा जम्मा १ सय ५१ वटा अस्थायी सशस्त्र कोरोना सीमा सुरक्षा क्याम्प स्थापना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment