Comments Add Comment

समयमै तिरे सञ्चयकोषको ब्याजमा १० प्रतिशत छुट

२८ चैत, काठमाडौं ।  कर्मचारी सञ्चयकोषले सञ्चयकर्तालाई दिएको घर सापटी, घर मर्मत, शैक्षिक र सरल कर्जाको ब्याज तिर्ने समय बढाउनुका साथै ब्याजमा तोकिएको छुट दिने निर्णय गरेको छ ।

कोभिड-१९ को संक्रममणको कारण उत्पन्न परिस्थितिलाई ध्यानमा राखेर कोषले सञ्चयकर्तालाई चैतदेखि असार मसान्तसम्मको ब्याज समयमै तिरेमा कोषले १० प्रतिशत छुट दिने भएको हो । असार मसान्तसम्म बुझाउनुपर्ने ब्याजको अवधि पनि साउन मसान्तसम्म विस्तार गरिएको कोषले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

सहप्रशासक राजेन्द्र काफ्लेले जारी गरेको विज्ञप्तिमा कोषका सञ्चयकर्ता सञ्चयकर्ताको कोभिड-१९ को सङ्क्रमणबाट मृत्यु भए त्यसलाई दुर्घटना मानेर दुई लाख हकवालालाई प्रदान गर्ने निर्णय पनि भएको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment