Comments Add Comment

कोरोना : अमेरिकामा २४ घण्टामा २००० बढीको मृत्यु

वैश्विक स्तरमा मृत्यु हुने एक लाख नाघे 

कोरोना भइरसको तुफानी विध्वांस सर्वत्र मच्चिएको छ । अहिले अमेरिकामा कोरोना भाइरसको अधिक असर देखिएको छ । बिबिसी हिन्दीमा लेखिएको छ, ‘कोरोना भाइरसको संक्रमणबाट एक दिनमा २ हजार बढीको मृत्यु भएको छ ।’ यसअघि २४ घण्टाभित्र यत्तिका धेरै मृत्युदर थिएन । अमेरिकामा नै पहिलो पटक २४ घण्टाभित्र २ हजार १ सय ८ जनाले ज्यान गुमाए, कोरोना भाइरसको संक्रमणबाट ।

अमेरिकामा अहिलेसम्म पाँच लाख बढी संक्रमित भइसकेका छन् । अहिलेसम्म १८ हजार ६ सय बढीको ज्यान गइसकेको छ । यसरी मृत्यु भएकामध्ये ५० प्रतिशत न्युर्योकका छन् ।

वैश्विक स्तरमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १६ लाख बढी भइसकेको छ ।

बेलायतमा महामारी फैलिएपछि सुक्रबार एकै दिनमा सबैभन्दा बढी मृत्युदर देखिएको छ । त्यहाँ ९ सय ८० जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना भाइरसबाट त्यहाँ करिब ९ हजारले ज्यान गुमाइसकेका छन् ।

विश्व स्वास्थ्य संगठनले लकडाउन जारी नराखिए मृत्यु दर तिब्र गतिमा बढ्न सक्ने चेतावनी दिएको छ ।

युरोपमा कोरोना भाइरसको महामारीबाट इटली र स्पेन बढी प्रभावित छ । ति देशमा अझैपनि लकडाउन जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment