+
+

सुदूरपश्चिममा १९०० जनामा र्‍यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ

भानुभक्त आचार्य भानुभक्त आचार्य
२०७६ चैत २९ गते १९:५२

२९ चैत, कैलाली । सुदूरपश्चिम प्रदेशमा एक हजार आठ सय ९५ जनाको कोरोना संक्रमण परीक्षण गर्न र्‍यापिड टेस्ट गरिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार सबैको रिपोर्ट नेगेटिभ आएको छ  ।

टोलीले कैलालीमा ७३०, बझाङमा ४२६, कञ्चनपुरमा ४०७, डोटीमा २४०, बाजुरामा ५३, बैतडीमा ३७, डडेल्धुरा र अछाममा एक/एक जनाको र्‍यापिड टेस्ट गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी दिए ।

दार्चुलामा गरिएको टेस्टको रिपोर्ट भने आइतबार आउने उनले बताए । उनका अनुसार र्‍यापिड टेस्टको रिपोर्ट पोजेटिभ देखाएमा थप पुष्टिका लागि पीसीआर परीक्षण गरिने छ ।

पहिलो चरणमा ५ हजार किट आएकोमा त्यसले अपुग हुने देखिएपछि शुक्रबार थप ५ हजार किट आएको उनले बताए । थप किट आएपनि सुदूरपश्चिम प्रदेशमा अझै १० हजार किट अपर्याप्त हुने जोशीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?