Comments Add Comment

कण्डमको प्रयोगमा हुनसक्छ यस्ता गल्ती

असुरक्षित यौन सम्बन्धबाट बच्नका लागि सबैभन्दा भरपर्दो माध्याम हो, कन्डम । चाहे यौन रोगको खतराबाट बच्न होस् वा अनिच्छित गर्भबाट, कन्डम उपयोगी हुन्छ ।

त्यही अनुसार कन्डमको प्रयोग पनि व्यापक रुपमा हुन्छ । तर, कन्डम कसरी लगाउने ? यसको सही विधी के हो ? कन्डमको प्रयोगमा हुनसक्ने गल्तीहरु के हुन् ? यसबारे खासै चासो र परामर्श दिइदैन । त्यसैले कतिपयले कन्डमको प्रयोग त गर्छन् तर, त्यसबाट उनीहरुले अपेक्षा गरेजस्तै सुरक्षा भने भइरहेको हुँदैन ।

आखिर कन्डमको प्रयोगमा के कस्ता गल्ती हुनसक्छ त ?

कण्डमको प्याकेट दाँतले खोल्नु

यदि तपाईं पनि कण्डमको प्याकेट दाँत अथवा नङले खोल्नु हुन्छ भने त्यो सही होइन । दाँत अथवा नङले कण्डमको प्याकेट खोल्ने क्रममा तपाईंले कण्डमलाई ड्यामेज (बिगार्न) गर्न सक्नु हुन्छ ।

कण्डम चेक नगर्नु

जहिले पनि कण्डम प्रयोग गर्नु अगाडि चेक गर्नु पर्छ । कहिलेकाहि कण्डम प्रयोग गर्नु अगाडि नै च्यातिएको अथवा प्वाल परेको हुन्छ । यदि त्यस्तो छ भने त्यो कण्डमलाई प्रयोग गर्नु हुँदैन । त्यस्तो कन्डम प्रयोग गर्नुको कुनै अर्थ हुँदैन ।

यौन गतिविधि शुरु भएपछि कण्डम प्रयोग गर्नु

यस्तो गल्ती प्रायः सबै पुरुषहरुले गरिरहेका हुन्छन् । यौन गतिविधि शुरु भएपछि बीचमा उनीहरु कण्डमको प्रयोग गर्छन् । त्यस्तो गर्नाले तपाईं दुबैलाई सेक्सुअल ट्रान्समिटेड डिजीजको खतरा हुन्छ । जहिले पनि यौन गतिविधि शुरु गर्नु अगाडि नै कण्डम प्रयोग गर्नु पर्छ ।

कण्डमलाई दोस्रो पटक प्रयोग गर्नु

यस्तो गल्ती पनि प्रायः धेरै पुरुषहरुले गर्छन् । उनीहरुलाई यदि कण्डममा इज्याकुलेट (स्खलित) गरिएको छैन भने त्यसलाई पुनः दोस्रो पटक पनि प्रयोग गर्दा केही फरक पर्दैन भन्ने धारणा हुन सक्छ । तर यस्तो गल्ति गर्नु हुँदैन । यस्तो गल्तीले तपाईंहरु दुबैलाई इन्फेक्शन हुन सक्छ अथवा कण्डम च्यातियो भने गर्भधारण पनि हुन सक्छ । त्यसैले जुन कण्डम एक पटक प्रयोग हुन्छ, त्यसलाई दोस्रो पटक प्रयोग गर्नु हुँदैन ।

एक्सपायरी डेटको जाँच नगर्नु

यदि तपाईंले पुरा प्याकेट कण्डम किन्नु भयो र त्यसको प्रयोग गर्नु भएन अथवा त्यसबाट एउटा–दुईवटा प्रयोग गरेर त्यसलाई त्यसै राख्नु भयो । धेरै दिनपछि त्यसलाई निकालेर त्यसको मिति परिक्षण जाँच नगरी प्रयोग गर्नु भयो । तर त्यसको समय सकिएका कारणले त्यसले तपाईंलाई आवश्यक सुरक्षा दिन सकेन भने तपाईं इन्फेक्शनको शिकार हुन सक्नु हुन्छ । त्यसैले यस्तो गल्ती गर्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment