Comments Add Comment

अमेरिकामा कोरोनाबाट २० हजार बढीको मृत्यु

३० चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुनेको संख्या अमेरिकामा २० हजारभन्दा बढी पुगेको छ । अमेरिकामा एकैदिन २ हजार बढीको मृत्यु भएको छ ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या २० हजार ५०६ पुगेको छ ।

कोरोनाको इपिसेन्टर बनेको अमेरिकाको न्यूयोर्क राज्यमा ६ हजार ३६७ जनाको मृत्यु भएको छ । न्यूयोर्क राज्यका गभर्नर एन्ड्रयु कुमोले भने यहाँ मृतकको संख्या स्थीर रहेको बताएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्वका १९३ देशमा फैलिएको छ भने यसबाट १ लाख बढीको मृत्यु भइसकेको छ । १७ लाख बढी संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment