Comments Add Comment

यातायात मजदुरलाई पनि राहत दिन माग

३० चैत,  काठमाडौं । यातायात मजदुरहरुले लकडाउनको समयमा आफूहरुले पनि राहत पाउनुपर्ने माग गरेका छन् ।

सरकfरले मजदुरलाई राहत दिने निर्णय गरे पनि यातायात मजदुरले नपाएको भन्दै उनीहरुले आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको ध्यानाकर्षण गराएका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई र नेपाल ट्रेड युनियन महासंघ जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री नेम्वाङलाई भेटी मजदुरले राहत नपाएको विषयमा पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

लकडाउनका समय सरकारले दैनिक ज्यालादारी मजदुर, विपन्न र गरिवका लागि राहत वितरण गर्ने निर्णय गरेको भए पनि राहतका लागि तयार गरिएका अव्यवहारिक मापदण्ड र कतिपय स्थानिय जनप्रतिनिधिहरुको असहयोगका कारण अधिकांश यातायात श्रमिकहरुले सरकारको सहयोग प्राप्त गर्न नसकेको अध्यक्ष राईले बताए ।

चैत ११ गतेदेखि लकडाउन (बन्दाबन्दी) अझै लामो समय हुनसक्ने भएकाले दैनिक ज्याला (भत्ता) लिएर काम गर्ने देशका करिव साढे दश लाख यातायात मजदुरहरु (चालक, सहचालक, परिचालक, बुकिङ, लोडअनलोडर, कर्मचारी) ठूलो मारमा परेको र श्रमिकका परिवार विचल्ली परेको अध्यक्ष राईले बताएका छन् ।

संगठनले राहत फारमलाई सरलीकरण गरी सम्पूर्ण श्रमिकहरुले राहत पाउने ग्यारेन्टी गरिनुपर्ने, विभिन्न सहरहरुका रोकिएर रहेका श्रमिकहरुलाई आवास र खाद्यान्नको प्रबन्ध गरिनुपर्ने, इन्धन बोक्ने ट्यांकर श्रमिकहरु, अत्यावश्यक सामग्रीहरु ढुवानी गर्ने सवारी साधनका श्रमिकहरुका लागि पीपीई (व्यक्तिगत सुरक्षा सामग्री) र प्रोत्साहन भत्ताको व्यवस्था गर्न पनि  माग गरेको छ ।

मन्त्री नेम्वाङले यातायात मजदुरका सरोकारका विषयमा कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिमा छलफल गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment