Comments Add Comment

बाग्लुङमा ८५८ जनाको र्‍यापिड टेस्ट, एक महिलाको पुनः परीक्षण गरिने

३० चैत, काठमाडौं । बाग्लुङमा विदेशबाट फर्किएकाहरुको पहिचान गर्दै ८५८ जनाको र्‍यापिड टेस्ट गरिएको छ । उनीहरुमध्ये ८५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एक महिलाको रिपोर्ट पुनः परीक्षणका लागि पठाइएको छ ।

र्‍यापिड टेस्ट किटबाट परीक्षण गर्दा एकजना महिलाको रिपोर्ट शंकास्पद भेटिएपछि स्वाब संकलन गरी पोखरा पठाइएको हो । भारतबाट तीर्थयात्रापछि फर्किएकी ती महिला चैत ७ गते माइक्रो बस चढेर बागलुङ गएकी थिइन् ।

चैत ६ गते भारतबाट तीर्थयात्रा सकेर फर्किएकी ६५ वर्षीया ती महिलाको स्वाबको थप रिपोर्ट लिएपछि मात्र प्रष्ट भन्न सकिने जिल्लाका अधिकारीले बताएका छन् ।

उनलाई काठेखोला गाउँपालिकाको क्वारेन्टाइनमा राखिने भएको छ । उनको परिवारका अन्य सदस्यहरुको भने नेगेटिभ रिपोर्ट आएको र काठमाडौं, कीर्तिपुरमा रहेका आफन्तलाई पनि सम्पर्क गरिएको स्रोतले अनलाइनखबरलाई बतायो ।

बाग्लुङमा सरकारले पठाएको ¥यापिड टेस्ट किटबाट ८५८ जनाको परीक्षण गरिएकोमा अरु सबैको रिपोर्ट नेगेटिभ आएको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment