
३० चैत, काठमाडौं । लकडाउन उल्लंघन गर्ने तीन सय जनालाई प्रहरीले कालीमाटीबाट नियन्त्रणमा लिएको छ । उनीहरू २ घण्टाको छोटो अवधिमै प्रहरी नियन्त्रणमा परेका हुन् ।
प्रहरीकाअनुसार दिनहुँजसो कालीकाटी चोकमा सर्वसाधारणहरुको बाक्लो आवातजावत हुने गरेको थियो । आइतबार पनि साँझ ५ नबज्दै सर्वसाधारण सडकमा निस्किए ।
कोही ‘हावा खाने’ भन्दै सडकमा निस्किएका थिए त कोही जीउ तन्काउन । तर सामाजिक संस्था उपकार सेवा नेपालका स्वंयमसेवकहरूको सहयोगमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।
नियन्त्रणमा लिएका सबैलाई प्रहरीले १ देखि २ घण्टासम्म सडकमा नै उभ्याउने गरेको छ । अत्यावश्यक काममा निस्किएकाहरुलाई भने नियन्त्रणमा नलिएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4