+
+
Shares

काठमाडौं छाड्नेको ताँती (फोटो फिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७६ चैत ३० गते १९:११

३० चैत, काठमाडौं । लकडाउनको समयमा काठमाडौंमा खानेकुराको समेत अभाव भएपछि मजदुरी गरेर जीविकोपार्जन गर्नेहरु काठमाडौं छोड्ने क्रम रोकिएको छैन ।

सरकारले सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरे पनि मजदुरी गर्नेहरु काठमाडौंमा टिक्न नसक्ने अवस्था आएको भन्दै हिँडेरै घरतर्फ लागेका छन् ।

हरेक दिनजसो यस्ता मानिसहरुको समूह काठमाडौं भित्रने र बाहिरिने नाका नागढुंगामा भेटिन्छन् । उनीहरु पाएसम्म ट्रक चढ्ने र नपाए हिँडेरै जाने भनी थानकोट आसपासमा जम्मा हुने गरेका छन् ।

आइतबार बाँके, बर्दिया, कैलाली लगायत जिल्लाका सर्वसाधारण थानकोटमा भेटिए । उनीहरु हिँडेरै भए पनि घर जाने बताउँदैथिए । काठमाडौंमा घर निर्माणको काम गर्ने उनीहरु लकडाउनका कारण काम रोकिएपछि खानेकुराकै अभाव भएपछि घरतर्फ हिँडेका हुन् ।

हेर्नुहोस् तस्वीरहरु

 

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?