+
+
Shares

बेलायती प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ३० गते १९:५९

३० चैत, काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण लण्डन अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्यमा सुधार भएसँगै आइतबार डिस्चार्ज भएको उनको कार्यालयले बताएको छ ।

उनको कार्यालयका प्रवक्ताले दिएको जानकारी अनुसार अहिले जोन्सनलाई उपचार गराइरहेका डक्टरहरुले उनलाई तत्काल काममा भने नफर्किन सुझाव दिएका छन् ।

जोन्सनले आफ्नो उपचारमा सहयोग सबैलाई धन्यवाद दिएका छन् । गत आइतबार अस्पताल भर्ना भएका जोन्सनलाई सोमबार आईसीयूमा भर्ना गरिएको थियो । स्वास्थ्यमा क्रमिक सुधार आएसँगै उनलाई बिहीबार आईसीयूबाट वार्डमा सारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?