Comments Add Comment

कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार नाघ्यो

१ वैशाख, काठमाडौं । काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या एक लाख १४ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार, विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार दुई सय ४५ पुगेको हो । त्यस्तै, यो भाइरसबाट विश्वभर १८ लाख ५० हजारभन्दा धेरै मानिस प्रभावित बनिसकेका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा यो भाइरसका संक्रमितको संख्या पाँच लाख ५७ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या पनि २२ हजार एक सय ८ पुगेको छ । त्यस्तै स्पेनमा पनि यो भाइरसका संक्रमित एक लाख ६६ हजार नाघिसकेको छ । स्पेनमा अहिलेसम्म १७ हजार दुई सय नौ जना मानिसको मृत्यु भइसकेको छ ।

इटालीमा पनि संक्रमितको संख्या एक लाख ५६ हजार नाघेको छ । इटालीमा यो भाइरसको कारण मृत्यु हुनेको संख्या पनि १९ हजार आठ सय ९९ पुगेको छ ।

अहिलेसम्म विश्वभर यो भाइरसबाट संक्रमित हुने चार लाख ३० हजारभन्दा बढी मानिसहरु निको भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment