Comments Add Comment

विपद व्यवस्थापन परिषद बैठकमा देउवाले भने– अझै जोड गरौं

१ वैशाख, काठमाडौं । कोभिड–१९ महामारी विरुद्धको लडाइँ चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा परिषद सदस्य प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा पनि सहभागी थिए ।

प्रधानमन्त्रीले कोभिड १९ संक्रमणको महामारीसँगै अब वर्षातको मौसम आउनुपूर्वको बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपहरुको पूर्व तयारीका योजना बनाउनुपर्ने भएकाले बैठक डाकिएको बताएका छन् । सबै खाले प्रकोपहरुसँग जुध्न र जनधनको सुरक्षा गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएका थिए ।

प्रमुख विपक्षी दलका नेता देउवाले कोभिड १९ संक्रमण विरुद्ध सरकारले अहिलेसम्म चालेका कदम सही भए पनि अझै बढी सक्रियता र सावधानीका साथ काम गर्न सुझाव दिएको परिषद् सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले बताए ।

परिषद्मा संघीय सरकारका मन्त्रीहरु, सातै प्रदेशका मुख्यमन्त्रीहरु, राष्ट्रिय योजना आयोगका सदस्य, प्रधानसेनापति, मुख्य सचिव र विज्ञहरु सदस्य रहने कानुनी व्यवस्था छ । लकडाउनका कारण सोमवारको बैठकमा मुख्यमन्त्रीहरु भने सहभागी थिएनन् । यस वर्ष परिषदको बैठक बसेको यो पहिलो पटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment