Comments Add Comment

भीम अस्पतालमा भर्ना भएका व्यक्तिको दुवै रिपोर्ट नेगेटिभ

२ वैसाख, बुटवल । भैैरहवाको भीम अस्पतालको आइसोलेसनमा सोमबार भर्ना भएका एक व्यक्तिको दुवै रिपोर्ट नेगेटिभ आएको छ । भैरहवाको अञ्चलपुरस्थित गहुँबाली अनुसन्धान केन्द्रमा मंगलबार गरिएको स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको हो ।

अघिल्लो दिन सोमबारको र्‍यापिड टेस्टमा पनि उनको रिपोर्ट नेगेटिभ नै देखिएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको स्वाव परीक्षणका लागि भैरहवाको अञ्चलपुरस्थित गहुँबाली अनुसन्धान केन्द्रको प्रयोगशालामा पठाइएको थियो ।

‘उहाँको अवस्था सामान्य छ, हामीले उहाँलाई यहीँ राखेर उपचार गरिरहेका छौं’,उहाँको दोश्रो रिर्पाेट पनि नेगेटिभ आएको छ, उहाँ जोखिममुक्त हुनुहुन्छ ।’भीम अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले अनलाइनखबरसँग भने ।

रुपन्देहीको मायादेवी गाउँपालिका–१ का ५८ वर्षीय एक पुरुषमा १२ दिनदेखि ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न ग्राहो हुने लगायतका लक्षण देखिएपछि उनलाई अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment