Comments Add Comment

सनसिटी अपार्टमेन्टमा र्‍यापिड टेस्ट सुरु

३ वैशाख, काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना भाइरस (कोभिड–१९) परीक्षण सुरु भएको छ । बुधबार बिहान साढे नौ बजेबाट र्‍यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट परीक्षण सुरु भएको कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाले जानकारी दिए ।

मंगलबार ब्लक ‘ए’ मा बस्दै आएका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । नगर प्रमुख थापाका अनुसार, आज बुधबार ब्लक ‘ए’ का २४२ जनाको परीक्षण गर्न लागिएको हो ।

स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिकहरूलाई प्राथमिकता दिएर तीन वटा टेबलबाट परीक्षण भइरहेको पनि थापाले जानकारी दिए ।

सनसिटीमा पाँच वटा ब्लक छन् । त्यहाँ ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।

८ चैतमा भएको सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटीको चुनावमा संक्रमित परिवारका एक सदस्यले पनि मतदान गरेकाले पाँच वटै ब्लकका बस्नेहरूको परीक्षण गर्न लागिएको हो ।

यो पनि पढ्नुस् 

बुहारीबाट आमाछोरालाई कोरोना संक्रमण भएको हुनसक्छ ! 

अर्थमन्त्रीज्यू, होम क्वारेन्टाइनमा बस्ने कि सत्य बताउने ? 

सनसिटीभित्रका ५ सय १० परिवार त्रासमा, संक्रमितमा थिएन लक्षण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment