Comments Add Comment

युरोपको शीर्ष ५ लिगमा अयाक्स एकेडेमीको खेलाडी सबैभन्दा धेरै

३ वैशाख काठमाडौं । युरोपको शीर्ष पाँच लिगमा नेदरल्याण्ड्सको अयाक्स क्लबबाट उत्पादनि खेलाडीहरु सबैभन्दा धेरै रहेका छन् ।

स्पानिस क्लबद्वय रियल मड्रिड र बार्सिलोनाको बी टिमभन्दा अयाक्सको खेलाडी रहेका हुन् । यो सूचीमा रियल चौथो र बार्सिलोना ११औं स्थानमा छ ।

सीआईईए फुटबल अब्जर्भेटरीका अनुसार युरोपको शीर्ष पाँच लिग प्रिमियर लिग ला लिगा,  सिरी ए, बुण्डेशलिगा र लिग वानमा गरी अयाक्सका कूल २२ खेलाडी रहेका छन् ।

यस्तै दोस्रो स्थानमा रहेको पोर्चुगिज क्लब वेनफिकाबाट २१ र तेस्रो स्थानमा रहेको अक्ष्ट्रियन क्लब साल्जवर्गबाट २० खेलाडी यी लिगमा खेल्छन् ।

चौथो स्थानमा रहेका रियल मड्रिड बास्टिला ‘बी’ बाट यी पाँच लिगमा १७ खेलाडी छन् । यस्तै बार्सिलोना ‘बी’बाट ११ खेलाडी मात्र यी पाँच लिगमा छन् ।

यसैगरी पोर्गुचलकै अर्को क्लब स्पोर्टिङ सिएफबाट १७ र एफसी पोर्टोबाट १५ खेलाडी ठूला लिगमा छन् । नेदरल्याण्ड्सको पीएसभी आइन्डहोभनबाट १५ खेलाडी पाँच लिगमा छन् । बेल्जियमको जेन्क क्लबको १६ खेलाडी पनि पाँच लिगमा छन् ।

यस्तै युरोपको शीर्ष पाँच लिगले यस भन्दा बाहिरबाट ४८ प्रतिशत खेलाडी लिनेसमेत उक्त अध्ययनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment