Comments Add Comment

थप ७ जिल्लामा र्‍यापिड टेस्ट सुरु

३ वैशाख, काठमाडौं । सम्भावित कोरोना संक्रमितको स्क्रिनिङका लागि थप सात जिल्लामा र्‍यापिड डायग्नोस्टिक किटबाट परीक्षण सुरु भएको छ ।

यससँगै परीक्षण सुरु भएको जिल्ला ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार अहिलेसम्म वाग्मती र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा र्‍यापिड टेस्ट सुरु भइसकेको छ । अब प्रदेश १ का सात, दुईका तीन, गण्डकी र प्रदेश ५ को एकएक तथा कर्णाली प्रदेशको दुई जिल्लामा सुरु हुन बाँकी छ ।

अहिलेसम्म देशभरमा गरी कुल आठ हजार नौ सय २९ जनाको र्‍यापिड टेस्ट भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment