Comments Add Comment

लकडाउन प्रभावकारी बनाउन मुख्यमन्त्री गुरुङको निर्देशन

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग आज ‘भिडियो कन्फ्रेन्स’ गरेका छन् ।

कोभिड-१९ को सम्भावित संक्रमण फैलिन नदिन जिल्लामा गरिएका कामबारे उनले प्रजिअबाट जानकारी लिएका हुन् ।

भिडियो कन्फ्रेन्स बैठकमा मुख्यमन्त्री गुरुङले सरकारले आह्वान गरेको लकडाउनलाई सबै जिल्लामा प्रभावकारी रुपमा कार्यान्वयन गर्न तथा विषम परिस्थितिमा समेत अत्यावश्यक सामग्रीको अभाव हुन नदिन निर्देशन दिएको बताइएको छ ।

कृषकले उत्पादन गरेका कृषिजन्य उत्पादनलाई सहज रुपमा बजारमा आउने वातावरण मिलाउन तथा कृषि तथा पशुजन्य उत्पादनका लागि आवश्यक दाना, मल, बिउको सहज आपूर्ति मिलाउन र कुनै समस्या परेमा प्रदेश सरकारलाई जानकारी गराउन आग्रह गरेको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए ।

जिल्लामा लकडाउन कार्यान्वयनको अवस्था, कोभिड-१९ न्यूनीकरणका लागि भइरहेका गतिविधि, शान्तिसुरक्षाको अवस्था, खाद्यान्न आपूर्ति लगायतका विषयमा जानकारी लिँदै आइपर्ने समस्या समाधानमा प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्रीले उल्लेख गरेका छन् ।

सो बैठकमा मुख्यमन्त्रीसँगै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र सामाजिक विकासमन्त्री नरदेवी पुनसमेत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment