Comments Add Comment

कोरोनाबाट संक्रमित हुनेको संख्या २० लाख नाघ्यो

१ लाख २८ हजारको ज्यान गयो, ५ लाख बढीले गरे स्वास्थ्यलाभ

३ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुने मानिसको संख्या २० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर यो भाइरसबाट संक्रमित हुने मानिसको संख्या २० लाख नौ सय ८४ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित अमेरिकामा भएका छन् । त्यहाँ अहिलेसम्म कोरोना भाइरसका संक्रमितको संख्या छ लाख नौ हजार नाघेको छ ।

त्यस्तै, स्पेनका १ लाख ७७ हजार र इटालीका एक लाख ६२ हजारमा पनि कोरोनाको संक्रमण भेटिएको छ ।

अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि एक लाख २८ हजार ७१ पुगेको छ । सबैभन्दा धेरै मानिसको मृत्यु अमेरिकामा भएको छ । अमेरिकामा अहिलेसम्म २६ हजारभन्दा धेरै मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ भने इटालीमा पनि २१ हजारभन्दा धेरै मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ । स्पेनमा पनि १८ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

विश्वभर अहिलेसम्म पाँच लाखभन्दा धेरै संक्रमित निको भइसकेका छन् । निको हुनेमा सबैभन्दा धेरै चीनमा ७८ हजारभन्दा धेरै मानिस निको भइसकेका छन् भने जर्मनीमा पनि ७२ हजारभन्दा बढी निको भएका छन् । स्पेनमा पनि ७० हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment