+
+
Shares

आर्यनको अपिल- ‘मन लागेको काम गरौं, तर घर बाहिर नजा‌‍‍औं’

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ४ गते ११:४९

नायक आर्यन सिग्देल लकडाउनका कारण घरमै छन् । लकडाउनको समयमा आफ्नै स्थायी निवास थानकोटमा रहेका उनी परिवारसहित थानकोटमा रहेका आर्यनले खेतमा काम गर्दै गरेको तस्वीर सेयर गरेका छन् ।

आर्यन घरमा आफ्नी आमासँग काम गर्न पाउँदा खुसी देखिन्छन् । लकडाउनका कारण कतिपय कलाकार खानेकुरा पकाउन सिकिरहेका छन् भने कतिपय कलाकार घरको काम सिकिरहेका छन् ।

आर्यन भने खेतमा काम गर्दै परिवारलाई साथ पनि दिइरहेका छन् । तर, आर्यनले दिएको सन्देश भने मनन् गर्ने खालको छ ।

आर्यनले शुभचिन्तकलाई अपिल गर्दै लेखेका छन्–‘आफूलाई मन लागेको कुरा गर्नुहोस् । तर, घर बाहिर ननिस्कनुहोला ।’

कोरोना त्रासका कारण मानिसहरु घरमै छन् । आर्यन पनि लकडाउनका कारण चलचित्रका सबै काम छाडेर परिवारसहित समय बिताइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?