+
+
Shares

पूजाको आक्रोश

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ५ गते १२:३९

नायिका पूजा शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेको एउटा स्टाटस अहिले चर्चामा छ । नायिका शर्माले केही दिन अगाडि मात्र चलचित्र क्षेत्रमा काम गर्ने विपन्न प्राविधिकहरुलाई राहत वितरण गरेकी थिइन् ।

पूजाको सामाजिक कामको चर्चा सबैतिर भयो । तर, उनै पूजाले सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै आफूलाई ‘सिंह’को रुपमा चित्रित गरेकी छिन् ।

पूजाले लेखेकी छिन्–‘कुकुर जति भुके पनि राजा सिंह नै हुन्छ । केही साना कुकुर भुक्दैमा सिंहले पछाडि फर्किएर हेर्दैन ।’

पूजाको यो आक्रोश किन एकाएक देखियो यो उनले जान्ने कुरा हो । तर, उनले यो स्टाटसको माध्यमबाट आफूलाई चलचित्र क्षेत्रको राजा बताउन खोजेकी छिन् । यतिमात्र होइन, उनले कोही चिल्लाउँदैमा आफूलाई केही फरक नपर्ने पनि संकेत गर्न खोजेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?