
५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंबाट घरतर्फ हिँडेका नागरिकलाई सुरक्षित रुपले गाउँ पुर्याउने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।
काठमाडौंमा श्रम गरिरहेकाहरु लकडाउनपछि खाना र बस्ने ठाउँ नहुँदा सयौं किलोमिटर पैदल हिँडेर गाउँतर्फ गएको भन्दै उनले सरकारमा बसेकाले निमुखाको त्यो यात्राको दर्शकमात्र हुन नमिल्ने बताएका हुन् ।
1/2 काठमाडौंमा श्रम गरिरहेका नागरिकहरु खाना र बस्ने व्यवस्था नुहँदा सयौं किलोमीटर पैदल हिँडेर घर गइरहेका छन्। सरकारको भरथेग सबैभन्दा बढी तिनै निमुखा जनतामाथि हुनुपर्ने हो। तर सरकारमा बसेकाहरु ती निमुखाहरुको त्यो यात्राको दर्शक मात्रै भएका छन्।
— Sher Bahadur Deuba (@DeubaSherbdr) April 17, 2020
शुक्रबार ट्विटरमा उनले भनेका छन् ‘सरकारको भरथेग सबैभन्दा बढी तिनै निमुखा जनतामाथि हुनुपर्ने हो, तर सरकारमा बसेकाहरु ती निमुखाको त्यो यात्राको दर्शकमात्र भएका छन् ।’
लकडाउन लम्बिँदै जाँदा काठमाडौंमा सयौं सर्वसाधारण पैदलै हिँडेर आफ्नो थातथलोतर्फ लागेका छन् । गृह मन्त्रालयले यसरी यात्रा गर्नेहरुलाई रोकेर जहाँबाट हिँडेको त्यहीँ फर्काउने गरेको छ ।
सरकारले श्रमिक र मजदुर जहाँ छन्, त्यहीँको स्थानीय तहले खानेबस्ने व्यवस्था मिलाउनुपर्ने बताए पनि सयौं मानिसहरु खान बस्नकै समस्या हुँदा दैनिक लामो पैदलयात्रा गरिरहेका छन् ।
प्रतिक्रिया 4