+
+
Shares

जनकपुरको सडकमा पैसा छरेर २ महिला फरार

कोरोनाको आशंकामा अनुसन्धान थालियो

रासस रासस
२०७७ वैशाख ५ गते १८:५१
एटीएम फुटेजमा देखिएका पैसा छरेर फरार २ महिला ।

धनुषा । जनकपुरधाम उपमहानगरपालिका– ६ को महावीर चोकको बाटोमा दुई महिला नेपाली रूपैयाँ छररे फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सीसीटीभीको फुटेजमा ती महिला अन्दाजी ४०–४५ वर्षका रहेको उल्लेख गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार शुक्रबार १२ः३० बजे सो ठाउँबाट बरामद गरेका रूपैयाँ कोरोना भाइरस सङ्क्रमणसम्बन्धी शङकास्पद भएकाले अनुसन्धान कार्य तीव्र रूपले भइरहेको छ । बरामद गरिएका रूपैयाँलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको जनाइएको छ ।

प्रहरीले रूपैयाँ छर्ने महिलाको खोजी भइरहेको र रूपैयाँ छरिएको क्षेत्रलाई स्यानिटाइजरसमेत गरिएकाले कुनै किसिमको गलत समाचारप्रति नलाग्न जनमानसमा आग्रह गरेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?