+
+
Shares

खाद्य संस्थानद्वारा हुम्लाका स्थानीय तहमा चामल वितरण

रासस रासस
२०७७ वैशाख ५ गते २०:१२

हुम्ला । नेपाल खाद्य संस्थान हुम्लाले लकडाउनका बीच कोही पनि भोकै भएको खबर सुन्न नपरोस् भनी खाद्यन्न वितरण शुरु गरेको छ । लामो समयदेखि खाद्यान्न बिक्रीवितरण नगर्दा जनतालाई खाद्यान्न समस्या हुने देखिएपछि संस्थानले सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकाका सर्वसाधारणका लागि खाद्यान्न बिक्री शुरु गरेको हो ।

खार्पुनाथ र नाम्खा गाउँपालिकालाई २८२ क्विन्टल २० केजी खाद्यान्न बिक्री गरिएको संस्थानले जनाएको छ । यस्तै सिमकोट गाउँपालिकाले पनि खाद्यन्न वितरण शुरु गरेको छ । वडा नं ५ कार्यालयले भीडभाड कम हुनेगरी प्रतिव्यक्ति पाँच केजीका दरले वितरण गरेको वडाध्यक्ष कृष बोहरोले बताए । एक बोरा चामलको मूल्य रु एक हजार नौ सय परेको छ । लकडाउनका कारण खाद्य संस्थानले सम्बन्धित गाउँपालिकाको रोहबरमा चामल वितरण शुरु गरेको हो ।

लकडाउनमा हुम्लामा खाद्यान्न समस्या हुने देखिएपछि सरकारले हवाई मार्गबाट खाद्यान्न ढुवानी गरिरहेको छ । अहिले नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्ग भएर सिमकोटमा करीब ६ हजार क्विन्टल चामल भित्रिएको संस्थान हुम्लाका प्रमुख रामबहादुर विष्टले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?