+
+
Shares

राजधानीमा फूलको कारोबार व्यापक

हाल देशभर ३२५ हेक्टरभन्दा बढि क्षेत्रफलमा पुष्पखेती भइरहेको र पुष्प व्यवसायमा अनुमानित लगानी ११ अर्ब ५० करोड रुपैयाँभन्दा बढि रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २२ गते १५:४८

२२ कात्तिक, काठमाडौं । यमपञ्चकअन्तर्गत लक्ष्मीपूजाको दिन आइतबार काठमाडौंमा फूलको व्यापार बढेको छ । उपत्यकाका विभिन्न स्थानबाट तिहारमा सबैभन्दा बढी माग हुने सयपत्री फूलको किनबेच व्यापक मात्रामा भइरहेको छ ।

लक्ष्मीपूजा गर्दा आफ्नो घर, पसल सजाउका लागि सयपत्री फूलको अधिकतम प्रयोग हुने गरेको छ ।

काठमाडौं महानगरले स्थान नै तोकेर फूलको खरिदबिक्रि गर्ने व्यवस्था मिलाएको छ ।

यस बर्ष तिहारमा ६४ करोड ५० लाख बराबरको फूलको कारोबार हुने अनुमान गरिएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । सयपत्री फूलका साथै भाइटीकामा प्रयोग हुने मखमली फूलको व्यापार समेत बढेको छ ।

हाल देशभर ३२५ हेक्टरभन्दा बढि क्षेत्रफलमा पुष्पखेती भइरहेको र पुष्प व्यवसायमा अनुमानित लगानी ११ अर्ब ५० करोड रुपैयाँभन्दा बढि रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?