Comments Add Comment

वाग्मतीका सबै एम्बुलेन्सलाई सरकार मातहत ल्याउन निर्देशन

हेटौंडा । वागमती । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका सबै एम्बुलेन्सलाई सरकार मातहत सञ्चालन गर्ने गरी व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।

प्रदेशको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको आजको बैठकमा मुख्यमन्त्री पौडेलले प्रदेशका सबै जिल्लाका कमाण्ड पोष्टले एम्बुलेन्स खिचेर सञ्चालन गर्नुपर्ने धारणा राखे ।

राज्यबाट छुट लिएर सञ्चालन भएका कतिपय एम्बुलेन्सले राज्यलाई सङ्कट पर्दा असहयोग गरिरहेको भन्दै उनले साविकका सञ्चालक वा चालकले एम्बुलेन्स चलाउन नमाने सरकारी चालक परिचालन गरेर भए पनि एम्बुलेन्स चलाइने बताए ।

पौडेलले निश्चित दूरी कायम गरेर कृषि कार्य गर्न दिने गरी योजना बनाउनुपर्ने धारणा राखे ।

समितिका संयोजकसमेत रहेका मुख्यमन्त्री पौडेलले आवश्यक सुरक्षा अपनाएर निर्वाधरुपमा खेतीपाती गर्न किसानलाई अनुरोध गरेर उत्पादनमा लाग्न प्रेरित गरिनुपर्ने बताए । उनले स्थानीय तहलाई सावधानी अपनाएर र दूरी व्यवस्थापन गरेर सकिने काम गराउन लगाउनेतर्फ सोच्नुपर्ने उल्लेख गरे ।

उनले लकडाउनका कारण कतिपय स्थानमा व्यक्ति जुवातास खेल्न र अन्य विकृतिजन्य कार्य गर्न थालेको जानकारी आइरहेकाले त्यस्ता गतिविधिलाई तत्काल रोकेर त्यस्ता कार्यमा संलग्न जो कोहीलाई पनि कारबाही गर्न प्रदेशका सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए ।

उनले आफ्नो घर जान हिँडेका र अलपत्र परेकाको व्यवस्थापन गर्न मातहतका निकायलाई तत्काल पहल गर्न निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment