Comments Add Comment

र्‍यापिड टेस्ट गर्दा सर्लाहीमा एक जनामा देखियो पोजेटिभ

६ वैशाख, सर्लाही । सर्लाहीमा र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) गर्दा एक जनामा कोरोनाको संक्रमण देखिएको छ ।

सर्लाहीको क्वारेन्टाइनमा रहेका ६५ जनालाई र्‍यापिड टेस्ट गर्दा एक जनामा पोजेटिभ देखिएको हो ।

सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक १४ वर्षीय बालकलाई शुक्रबार साँझ आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले पुष्टि गरे ।

कोरोना पोजेटिभ देखिएका उक्त बालकको थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको प्रजिअ जिसीले बताए । उनीसँगै क्वारेन्टाइनमा रहेका एक अर्का व्यक्तिलाई र्‍यापिड टेस्ट गर्दा नेगेटिभ देखिए पनि थप परीक्षणका लागि उनलाई पनि जनकपुर पठाइएको उनले जानकारी दिए ।

कोरोना पोजेटिभ देखिएका ती बालक चैत २३ गते भारतको राजधानी दिल्लीबाट आफ्नो गाउँ धनकौल आएका थिए । भारतबाट आएको जानकारी सुरक्षाकर्मीलाई थाहा भएपछि ती बालकलाई आफ्नो घर नपुग्दै क्वारेन्टाइनमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment