
६ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट स्पेनमा मृत्यु हुने मानिसको संख्या २० हजार नाघेको छ ।
स्पेनको स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार स्पेनमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या २० हजार ४३ पुगेको हो ।
स्पेनमा पछिल्लो २४ घण्टामा पाँच सय ६५ जनाको मृत्यु भएको थियो । अघिल्लो दिनको तुलनामा दैनिक मृत्यु हुनेको संख्यामा भने केही कमी आएको हो ।
स्पेनमा पछिल्लो २४ घण्टामा तीन हजार छ सयभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । यससँगै स्पेनमा समग्र संक्रमितको संख्या पनि एक लाख ९१ हजार सात सय २६ पुगेको छ ।
अहिलेसम्म स्पेनमा ७४ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4