Comments Add Comment

भारतमा ४२ सय संक्रमित ताबलिगी जमातसँग सम्बन्धित

६ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) का चार हजार दुई सय ९१ संक्रमित ताबलिगी जमातको मुस्लिम भेलासँग सम्बन्ध भएका मानिस रहेको पाइएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार दिल्ली, तेलंगाना र तामिलनाडुमा भएको उक्त सम्मेलनमा सहभागी धेरै मानिसहरु भाइरसका संक्रमित बनेका हुन् ।

अहिलेसम्म भारतमा १४ हजार तीन सय ७८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने चार सय ८० जनाको मृत्यु भइसकेको छ । भारत सरकारले प्रतिबन्ध लगाएकै अवस्थामा गत मार्च १ देखि १५ सम्म ताबलिगी सम्मेलन भएको थियो ।

यो सम्मेलनमा विभिन्न मुलुकका गरी दुई हजारभन्दा धेरै मानिस सहभागी भएको बताइएको छ । यो सम्मेलनको कारण भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढेको बताइएको छ ।

स्रोत : पीटीआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment