
६ वैैशाख, कैलाली । बैतडीमा खाद्यान्न ढुवानीको लागि सवारी साधन चलाउने अनुमति लिएर मदिराको ओसारपसार भएको पाइएको छ ।
बैतडीको मेलौली नगरपालिकामा प्रहरीले मदिरासहित नियन्त्रणमा लिएपछि खाद्यान्न ढुवानीका लागि लिएको पासको दुरुपयोग भएको पाइएको हो
मेलौली नगरपालिकाबाट पास लिएको से १ ख १५४९ नम्बरको ट्रकलाई मदिरा ढुवानी गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
धनगढीबाट बैतडीको मेलौलीतर्फ जाँदै गरेको से १ ख १५४९ नं को ट्रकमा प्रहरीले ४३ कार्टुन मदिरा फेला पारेको थियो ।
चामलको बोराको मुनि मदिरा लुकाएर ल्याएको अवस्थामा ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
वैशाख ४ गतेदेखि ८ गते सम्मका लागि खाद्यान्न ढुवानीको लागि भन्दै प्रसासनबाट लिएको पासको दुरुपयोग गरी मदिरा ओसारपसार गरेको पाइएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । चालक र ट्रकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रतिक्रिया 4