Comments Add Comment

व्याज र कर मिनाहा गरिदिन ट्रक व्यवसायीको माग

६ वैशाख, बुटवल । नेपाल ट्रक यातयात व्यवसायी महासंघ प्रदेश ५ ले लकडाउन अवधीको बैंक तथा वित्तीय संस्थाको व्याज र सवारी कर मिनाहा गर्न माग गरेको छ ।

महासंघ प्रदेश ५ ले शनिबार एक विज्ञप्ति जारी गरि ट्रक व्यवसायीको पेशा लकडाउनका कारण धराशायी भएको र बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋणको व्याज तिर्न कठिनाई भएको ठहर गरेको छ ।

त्यस्तै ढुवानीका साधन सञ्चालन हुन नपाउदा व्यवसायीले गरेको लगानीको प्रतिफल प्राप्त नहुने भएकाले लकडाउन अवधीको सवारी कर मिनाहा गर्न सरकारसंग माग गरिएको छ । ती सवारी साधन सञ्चालन गर्नका लागि १६ अर्ब २५ करोड रुपैयाँ बैक तथा वित्तीय संस्थाबाट ऋण लिएको महासंघले जनाएको छ ।

त्यसैगरी लकडाउन अवधीको ट्रक यातयात व्यवसायीले बैंक तथा वित्तीय संस्थामा सवारी साधन राखेर लिएकोे ऋणको व्याज पनि मिनाहा गर्न नेपाल ट्रक यातयात व्यवसायी महासंघ प्रदेश ५ का संयोजक यमप्रसाद पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘बर्तमान असहज परिस्थितिलाई मध्यनजर गरी ट्रक व्यवसायीलाई राहत प्रदान गर्न सरकारसंग माग गर्छाै’ संयोजक पाण्डेले अनलाइनखबरसंग भने ।

लकडाउनका कारण ढुवानीका साधन सञ्चालन हुन नसक्दा आम्दानीको स्रोत बन्द भएकाले व्यवसायीले लिएको ऋणको व्याज तिर्न समस्या भएको उनको गुनासो छ ।

महासंघका सल्लाहकार तथा पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव जितबहादुर भाटले लकडाउनको अवधी लम्बिदै गएमा हरेक ४ महिनामा वझाउनुपर्ने रुट परमिट र ६ महिनामा बुझाउने जँचपास शुल्क पनि मिनाहा गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment