Comments Add Comment

पर्साको बहुदरमाईमा दुई पक्षबीच झडप, ९ जना घाइते

७ वैशाख, वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिका– ९ विश्रामपुरमा भएको झडपमा ९ जना घाइते भएका छन् ।

दुई पक्षबीच विवाद हुँदा एक पक्षका ७६ बर्षकी बदिया खातुन, २० बर्षका फैयाद खान, २५ बर्षका मकवुल राय, १८ बर्षका समिम खातुन र २० बर्षका इमरान अन्सारी घाइते भएका छन् । उनीहरु सबैको वीरगञ्जको गण्डक अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी अर्को पक्षका २२ बर्षका चन्दा गुप्ता, २० बर्षका सुनील गुप्ता, ३५ बर्षकी सुशीला देवी पटेल र २३ बर्षका राधेश्यामप्रसाद कलवार घाइते भएका छन् । नेशनल मेडिकल कलेजमा उपचारपछि उनीहरु भने घर फर्किएका छन् ।

सडकमा भएको विवादले उग्र रुप लिँदा दुई पक्षबीच झडप भएको थियो । प्रहरीले घटनाबारे अनुसन्धानका लागि स्थानीय ४५ बर्षका नसरुल्लाह मिया र ३० बर्षका राजु गुप्तालाई नियन्त्रणमा लिएको छ । दुई पक्षबीच झडप भएको सूचना पाएपछि गएको प्रहरी टोलीले घटनालाई साम्य पारेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

‘दुई पक्षबीच झडप हुँदा ९ जना घाइते भएका थिए । उनीहरुको अवस्था सामान्य छ’ डीएसपी शाहीले भने ‘दुईजनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment