Comments Add Comment

युट्युबमा ‘पासवर्ड’: लोभलाग्दो भ्युज, खराब प्रतिक्रिया

लकडाउनका कारण नेपालीहरू घरमै छन् । यसैले पनि चलचित्रका निर्माताले यो वर्ष नै रिलिज भएका चलचित्रहरूलाई धमाधम युट्युबमा रिलिज गरिरहेका छन् । नयाँ नेपाली चलचित्रलाई लक डाउनमा रहेका दर्शकले साथ पनि दिएका छन् ।

अहिले नेपालको युट्युबको ट्रेन्डिङ-१ मा चलचित्र ‘पासवर्ड’ छ । विगत ६ दिनदेखि नम्बर-१ मा रहेको यो चलचित्र हलमा भने पूर्ण रुपमा असफल भएको थियो ।

यो चलचित्र चर्चामा रहनुको कारण, बलिउड नायिका सन्नी लियोनी हुन् । सन्नीको एउटा मात्र आइटम गीत भएपनि युट्युबमा धेरै दर्शकले यो चलचित्र उनकै कारणले हेरेको उल्लेख गरेका छन् ।

छ दिनमै करिब ३० लाख भ्युज पाएको यो चलचित्रलाई दर्शकले भने निकै नै कमजोर प्रतिक्रिया दिएका छन् ।

करिब पाँच हजार प्रतिक्रियामध्ये अधिकांश चलचित्रलाई लिएर नकारात्मक छन् । दर्शकले यो चलचित्रलाई निकै नै फितलो मानेका छन् ।

चलचित्रको कथावस्तु, कलाकारको अभिनय, निर्देशन सबै कमजोर रहेको दर्शक प्रतिक्रिया देख्न सकिन्छ । सम्राट बस्नेत निर्देशित यो चलचित्रमा अनुप विक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment