+
+
Shares

‘पैसा छर्ने’ महिलामा कोरोना संक्रमण देखिएन

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ७ गते १४:३५

७ वैशाख, जनकपुरधाम । जनकपुरमा पैसा छरेको आरोप लागेको महिलामा कोरोना संक्रमण नभएको पाइएको छ ।

पैसा छरेको आरोपमा पक्राउ परेका दुई जना महिलामध्ये एक जनामा ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा कोरोना एन्टीबडी पोजेटिभ देखिएको थियो ।

तर ती महिलाका प्रयोगशालामा आरटी पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा कोरोना संक्रमण नभएको पाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

गत शुक्रबार जनकपुरधामको महाबीर चोकमा १० रुपैयाँको १५ वटा नोट छरेर यी दुई महिला फरार भएका थिए ।

यी दुबैलाई प्रहरीले शनिबार जनकपुरधाम वडा नम्बर ७ जानकीनगरबाट नियन्त्रणमा लिई प्रादेशिक अस्पतालमा ¥यापिड टेस्ट गराएको थियो । ¥यापिड टेस्ट पोजेटिभ देखिएपछि उनीहरुलाई अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?