Comments Add Comment

विराटनगरमा र्‍यापिड टेस्ट किटको अभाव

७ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकामा र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोनाको एन्टीबडी परीक्षण गर्न किटको अभाव भएको छ । प्रदेशको राजधानी विराटनगरमा नै किटको अभाव हुँदा महानगरमा कोभिड १९ को परीक्षण

विराटनगर महानगरपालिकाका मेयर भीम पराजलुलीले र्‍यापिड टेष्टको किट अभाव हुँदा परीक्षण रोकिएको बताए । महानगरपालिकामा शुक्रबार र शनिबार र्‍यापिड टेष्टबाट परीक्षण गरे पनि आइतबार रोकिएको उनले बताए ।

‘अहिलेको अवस्थामा न्यूनतम ५ सय किट महानगरलाई आवश्यक छ,’ मेयर पराजुलीले भने, ‘प्रदेश सरकारले १ सय किट उपलब्ध गराएको थियो । दुई दिनको परीक्षणमा यी सबै किट प्रयोगमा गइसकेका छन् । थप परीक्षणका लागि महानगरसंग किट छैन ।’

महानगरको जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीका अनुसार महानगरभित्र शुक्रबारदेखि सघन बस्ती भएको क्षेत्रतर्फ र्‍यापिड टेष्ट गरिएको थियो ।

महानगरले मुलुकबाहिरबाट आएका ३ सय २२ जना रहेको लगत तयार पारेको छ । तर किटको अभावमा उनीहरुको समेत आरडीटी टेष्ट गर्न समस्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment