
७ वैशाख, काठमाडौं । भक्तपुरमा अलपत्र परेका रोल्पाका चार सय जनालाई आइतबार साँझ घरतर्फ पठाइएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको अगुवाइमा भक्तपुरको जगाती क्षेत्रमा अलपत्र परेका चार सय जनालाई बस चढाएर घरतर्फ पठाइएको हो ।
विभिन्न जिल्लाबाट पैदल हिँडेर भक्तपुर आइपुगेका र भक्तपुरमै अलपत्र परेकाहरूलाई ८ वटा बसमा राखेर घर पठाइएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।
आइतबार साँझ पानी परिरहेको समयमा अलपत्र परेका मजदुरलाई बिदा गर्न मन्त्री पुन पनि जगाती पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4